समाचार

​दुःख छ हजुर, सिंहदरबारतिर पनि

अनेकन रस्साकस्सीपछि ठूलो संख्यामा राज्यमन्त्री बनाइए । तर, पीडाको बेग्लै कथा छ सिंहदरबारतिर । केही राज्यमन्त्री कार्यकक्ष गतिलो नभएर साँघुरो कोठामा थन्किएका छन् त कोही आफू मन्त्रीको पिए हो कि राज्यमन्त्री भन्नेमै कन्फ्युज छन् । राज्यमन्त्रीहरूका पीडा बुझ्ने हेतुले जनआस्थाकर्मी पशुपक्षी राज्यमन्त्री गोमादेवी कुँवरको कार्यकक्षमा पुग्यो । एउटा भवनमा दुई सचिव र चार मन्त्री छन् त्यहाँ । मन्त्रालयकै पाँचौं तलाको एउटा कुनामा राज्यमन्त्रीको कार्यकक्ष खडा गरिएको छ । जहाँ यस अगाडि पुस्तकालय थियो ।…