विश्व मञ्चमा चिनियाँ राष्ट्रपतिका पाँच बुँदे प्रस्ताव
दक्षिण कोरियाको ग्येङ्जुमा आजदेखि शुरु भएको एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को ३२औँ शिखर सम्मेलनको उद्घाटन समारोहलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले सम्बोधन गर्नुभएको छ । स्थानीय ह्वाबेक इन्टरनेसनल कन्भेन्सन सेन्टरमा सम्मेलन प्रारम्भ हुनुअघि चिनियाँ राष्ट्रपति सीलाई दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंगले हार्दिक स्वागत गर्नुभएको थियो ।
सम्बोधनमा राष्ट्रपति सीले गत तीन दशकमा एपेकले एशिया–प्रशान्त क्षेत्रलाई विश्व आर्थिक वृद्धिको अग्रपङ्तिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेक…