मुलुक ०३३ सालभन्दा बढी जोखिमपूर्ण अवस्थामा
नेपाली काँग्रेसका नेता तथा साहित्यकार बलदेव शर्मा मजगैयाँले अहिले मुलुक २०३३ सालको तुलनामा अझ बढी जोखिमपूर्ण अवस्थामा पुगेको बताएका छन्।
घोराहीमा डा. सुदीप गौतमद्वारा लिखित ‘दाङको न्यायिक र प्रशासनिक इतिहास’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वमन्त्री मजगैयाँले मुलुकको अस्तित्वमाथि नै संकट देखिएको र नेतृत्वसँग त्यसलाई सम्हाल्ने चेतना नदेखिएको टिप्पणी गरे।
“२०३३ सालमा बिपी कोइराला देशमा राष्ट्रिय मेलमिलापको नीति लिएर फर्केका थिए, किनभने देशको एकत…