राजनीति

शीतल निवासभित्र गाईपूजा

राष्ट्रपति रामचन्द्र पौडेलले गाईपूजा गर्नुभएको छ। कात्तिक कृष्णऔँसी, अर्थात् गाई तिहारका दिन, देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने परम्परा छ ।  राष्ट्रपति पौडेलले विधिपूर्वक पूजाआजा गरेर गाईलाई खानेकुरा खुवाउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। शीतल निवासभित्रै गरिएको पूजामा राष्ट्रपतिकी श्रीमती सविता पौडेल पनि सहभागी हुनुभएको हो ।

Page 39 of 907