बिबिध

जनकपुरबाट मन्त्री ज्वालासँगै भारतीय कूटनीतिज्ञ काठमाडौँ फिर्ता

रेलसेवा उद्घाटन गर्न आज बिहान महोत्तरी जानुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला काठमाडौँ फर्किनुभएको छ ।  उहाँ बुद्ध एयरको उडानबाट बेलुकी सवा ७ बजे काठमाडौँ आइपुग्नुभएको हो । मन्त्री ज्वालासँगै भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव पनि फर्किएको बताइएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको नेपालको एक मात्र जनकपुर–जयनगर रेलमार्गलाई थप १७ किलोमिटर विस्तार गरी महोत्तरीको भंगाहासम्म ल्याइएको छ ।

Page 22 of 153