पद पाएर फेरिएको यी नारीको लत
‘युद्ध बन्द गर ! यो रोनाधोना, चिच्याहट सहन सकिन ।’ साम्राज्ञी चिसीको यो आदेश सुनेर युद्धको नेतृत्व गरिरहेका सेनापति दोङ फुसियान एकछिन अलमलमा परे । उनले विश्वासै गर्न सकेनन् कि महारानीबाट यस्तो आदेश पनि हुन सक्ला । उनले केही नबोलिकन पहाडको टाकुरामा उभिएर तलतिर हेरे – पेकिङ (आजको बेइजिङ) शहरमा पूरै आगो दन्किरहेको थियो ।
१९ औं शताब्दीसम्म चिनियाँ भूभाग थुप्रै मुलुकले बाँडेर लिइसकेका थिए । तिनीहरूले चिनियाँ जनतामाथि शासन र व्यापार त गरे गर…