साप्ताहिक समाचार

घरघरको कहानी, कहिले होला बिहानी

सुनसरी महेन्द्रनगर ४ चक्रघट्टी (बांगे) का लक्ष्मण दाहालसँग सोही ठाउँकी गीता दाहालले एक वर्षअघि मात्र प्रेमविवाह गरेकी थिइन् । छोराले प्रेमविवाह गरेको आमाबाबुले मन पराएका थिएनन् । यसैले गीतालाई सासू–ससुराले उति माया गरेनन् । ०५६ मा गीताको कोखमा पाँच महिनाको गर्भ छाडेर पति लक्ष्मणलाई सुरक्षाकर्मीले विद्रोही पक्ष भएको आरोपमा बेपत्ता बनाए । छोरो हराएपछि छोरो खाने बुहारी भनेर सासू–ससुराले झन् ताना कस्न थाले । गीताले सबै सहेर छोरा निशानलाई जन्म दिइन् । र, अलग्गै बस्…