विश्वमा उथलपुथलकारी गठबन्धन बन्दै
पछिल्लो समय विकसित नयाँ विश्व प्रणाली र त्यससँगै नेपालको यात्रा कसरी अघि बढ्छ भन्ने विषय अहिले नेपाल र यसको अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्ने धेरैलाई कौतुहलताको विषय बनेको छ । एकातिर अमेरिका र पश्चिमी शक्ति राष्ट्रहरू हाल कायम आफ्नो एकाधिकार र सर्वसत्तालाई कसरी कायम राख्ने भन्नेमा चिन्तित छन् । अर्कोतर्फ रूस, चीन र भारतजस्ता शक्तिराष्ट्रहरू एउटै मञ्चमा उभिएर पश्चिमी मुलुकहरूका हैकमवादी हर्कतविरुद्ध गठबन्धन तयार गरिरहेका छन् । ब्रिक्सले आफूलाई ब्रिक्स प्लस प्लस बनाउँदै थप विस्तार र प्रभ…