जाजरकोटमा जिप खस्यो : तीन जनाको निधन, आठ घाइते

जाजरकोटमा जिप खस्यो : तीन जनाको निधन, आठ घाइते

जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा जिप दुर्घटना हुँदा ३ जनाको निधन भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी ३४ बर्षीया कालिका शाही, सोही गाँउपालिका–५ शिवपुरीकी अन्दाजी ४० बर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ बर्षीय दर्शन शाही रहेका छन् । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका अन्य सबैलाई उद्धार गरि उपचारका निम्ति जिल्ला अस्पताल जाजरकोटतर्फ पठाइएकोमा हेलिकप्टरद्धारा सुर्खेत पठाउने तयारी भइरहेको छ । घाइतेमध्ये चालकसहित ३ जनाको अवस्था गम्भीर रहेको छ ।

लुहादहबाट शिवपुरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको जिप आज बिहान साढे ७ बजे एक्कासी ब्रेक फेल भएर सडकबाट अन्दाजी ५० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ ।

टिप्पणीहरू