मकवानपुरको खोलाले बोलेरो बगायो

मकवानपुरको खोलाले बोलेरो बगायो

मकवानपुरको मनहरीबाट राक्सिराङको चैनपुरतर्फ जाने क्रममा जिर्खी खोलाले आज साँझमा एउटा सवारी साधन बगाएको छ ।

सवारी साधन बगाए पनि त्यसमा कति यात्रु थिए र खोलाले गाडी कहाँ पुर्यायो भन्ने केही खुलेको छैन । साँझ झमक्क भएपछिको उक्त घटनाको समाचार प्राप्त भएपछि प्रहरी र जनप्रतिनिधिहरु घटनास्थलतर्फ गएको बताइएको छ ।

केही दिनदेखि परेको लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेको छ । आजै बिहान तनहुँमा मर्स्याङ्दी नदीले कटान गरेर पृथ्वी राजमार्गको केही भाग भासिँदा केही सवारी साधन र यात्रु खसेका थिए ।

टिप्पणीहरू