ग्यास बुलेटको ठक्करबाट बाबुछोरी ठहरै
हेटौंडा–९ पशुपतिनगरमा भएको ग्यास बुलेट दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भारतबाट ग्यास बोकेर आएको एनएल ०१ एल २९७१ नम्बरको बुलेटले हेटौंडा बजारतर्फ जाँदै गरेको ना.६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबु–छोरीको मृत्यु भएको हो ।
घटनामा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीया छोरी अमिना तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएपछि घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
टिप्पणीहरू