ट्रिपर पुलबाट खस्यो, चालक बिते
तनहुँको आँबुखैरेनी गाउँपालिका–४, पावर हाउसस्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१क ४४६९ नम्बरको ट्रिपर बिहान साढे ४ बजे पुलबाट अन्दाजी २० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा मिनी ट्रिपरका चालक तनहुँकै म्याग्दे गाउँपालिका–६, मनपाङका ४७ वर्षीय रामबहादुर दमाइको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरस्थित मेडिकल कलेजमा बिहान सवा ६ बजे निधन भएको हो ।
टिप्पणीहरू