साँघुबाट खसेकी ढुल्लुलाई सेतीले बगायो

साँघुबाट खसेकी ढुल्लुलाई सेतीले बगायो

बैतडीको सिगासस्थित सेती नदीमाथिको साँघुबाट खसेकी एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका–६, गिरीचौकीकी ढुल्लु अधिकारी हुन् ।

डोटीको बडिकेदार गाउँपालिका–६ बाट बैतडीको सिगास–६ मोरिबगर आउँदै गरेकी अधिकारी अचानक नदीमा खसेकी हुन् । नदीमा बेपत्ता उनको शव पछि स्थानीयले खोजेर निकालेका थिए ।

एक साताअघि एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । आज बिहान साढे १० बजे खसेकी ढुल्लुको जीवितै उद्धार हुन नसकेको स्थानीय शिक्षक पदम साउदले बताए ।

गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि सर्वसाधारण जोखिमयुक्त साँघुबाट तर्ने गरेका छन् ।

टिप्पणीहरू