करेन्ट लागेर नहरमा खसेका युवक बिते
चितवनमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । रत्ननगर नगरपालिका ५, सोडिन टोल बस्ने ३५ वर्षीय अक्लेश चौधरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेपछि चौधरी बछौली नहरमा खसेका थिए । सोही क्रममा उनी गम्भिर घाइते भएका हुन् । नहरमा खसेका उनको प्रहरीले उद्धार गरेको हो ।
त्यसलगत्तै उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान पनि गरिरहेको छ ।
टिप्पणीहरू