भारतीय रेलको ठक्करबाट नेपालीको ज्यान गयो

भारतीय रेलको ठक्करबाट नेपालीको ज्यान गयो

काकडभिट्टा पूर्व रहेको भारतको पानीट्यांकीमा भारतीय रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको ज्यान गएको हो ।

हिजो साँझ भारतबाट नेपाल फर्किने क्रममा रेलको बाटो पार गर्न लाग्दा उनलाई रेलले ठक्कर दिएको हो । भारतीय प्रहरीका अनुसार बिहारबाट सिलिगुढीतर्फ गइरहेको रेलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

टिप्पणीहरू