मोटरसाइकलको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

कञ्चनपुरमा मोटरसाइलको ठक्करबाट बालकको मृत्यु भएको छ । पुनर्बास नगरपालिका–६, टाउन बजारस्थित सडकमा युपी ३१ एके ८१३० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने केशव राना मगरको छोरा २ वर्षीय मनिष रानामगरको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार आँगनमा खेलिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका बालकको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू