दोलखाको रिकु भीरबाट लडेर जाजरकोटका युवकको मृत्यु
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरको रिकु भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । लामाबगरस्थित रिकु भीरबाट लडेर जाजरकोटको छेडागाड नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको हो ।
लामाबगर-सिमीगाउँ जोड्ने सडक निर्माणका क्रममा भीरबाट लडेर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव बिगु गाउँपालिका–१ स्थित रिकु भीरमुनि लडेको अवस्थामा फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए । तामाकोशी किनारमा भीरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले निकालेको थियो ।
हाल शव परीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाइ स्मृति अस्पतालमा राखिएको छ ।
टिप्पणीहरू