स्याङ्जामा धन्सार भत्किँदा बालिका बितिन्

स्याङ्जामा धन्सार भत्किँदा बालिका बितिन्

स्याङ्जामा घरसँगैको धन्सार भत्किँदा बालिकाको ज्यान गएको छ । गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किँदा बालिकाको पुरिएर ज्यान गएको हो ।

अस्तिदेखि परेको पानीका कारण स्थानीय ढाकाराम भट्टराईको घरसँगैको कच्ची धन्सार भत्किएको हो । सोही धन्सारमा सुतेकी १२ वर्षीया रेखा भट्टराईको आज बिहान धन्सारले पुरिएर मृत्यु भएको हो ।

गम्भीर घाइते उनलाई उद्धार गरेर गल्याङ नगर अस्पताल पुर्याइएको थियो । तर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृतकका दाजु १६ वर्षे लक्ष्मणलाई भने गम्भीर चोट लागेको छ ।

टिप्पणीहरू