बिग्रेको अटो पल्टिँदा चालक रहेनन्

बिग्रेको अटो पल्टिँदा चालक रहेनन्

कैलालीको धनगढी उपमहानगरपालिका–३ बोरिडाँडामा बनाउन लैजाँदै गरेको अटो पल्टिँदा चालकको मृत्यु भएको छ । सु.प.प्र ०१–००१ ह ४६३२ नम्बरको अटो पल्टिँदा त्यसले थिचेर सख्त घाइते भएका ५० वर्षीय लक्ष्मणसिंह बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

३० वर्षीय सुरेन्द्रसिंह मालले बोहराको सु. प .प्र ०१–००१ ह ४६२९ नम्बरको अटो चलाएर आफ्नो बिग्रिएको अटो बोहरालाई चलाउन दिएका थिए ।

डोर्याएर तान्दै बनाउन लैजाँदै गर्दा अटो पल्टिएको हो ।

टिप्पणीहरू