अस्पतालको बस पल्टिँदा १ को मृत्यु, ४० घाइते
अपाङ बालअस्पताल बनेपाको कर्मचारी बोकेको बस पल्टिँदा एक जना निधन भएको छ । दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् ।
बा. १ क ५७४७ नम्बरको बस अस्पताल नजिकैको सडकबाट तल खसेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अस्पतालका एक जना महिला कर्मचारीको मृत्यु भएको पुष्टी भएको छ ।
घाइतेमध्ये ३५ जनालाई उपचारको निम्ति अस्पतालमा भर्ना गरिएको छ भने पाँच जना सामान्य उपचारपछि फर्केका छन् । मृत्यु हुने कर्मचार ि४५ वर्षीया लेखकुमारी बस्नेत हुन् ।
बसले मोटरसाइकललाई साइड दिन खोज्दा भासिएर खसेको प्रहरीको अनुमान छ । तर, उक्त बस सडक छेउको रुखमा अड्किएकाले थप मानवीय क्षति हुन नपाएको हो ।
टिप्पणीहरू