आज पनि चट्याङ लागेर एक बिते, दुई घाइते

आज पनि चट्याङ लागेर एक बिते, दुई घाइते

खेतमा काम गर्न गएका युवकको चट्याङका कारण ज्यान गएको छ । आज बाराको सुवर्ण गाउँपालिका ७ मा चट्याङ लागेर २० वर्षीय धिराजप्रसाद यादवको घटनास्थलमै मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा सुवर्ण गाउँपालिका ७ का २८ वर्षीय नेतालाल पण्डित र ८ वर्षका रुवीकुमार यादव हुन् ।

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएपी राजेश थापाले जानकारी दिए ।

टिप्पणीहरू