शे–फोक्सुण्डोमा पर्खाल भकिँदा एक जना ठहरै
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ मा पर्खाल भत्केर एक जनाको ज्यान गएको छ ।
स्थानीय टासी तुण्डुप गुरूङको घरको भित्तो भत्किँदा जाजरकोट नलगाड नगरपालिका–७ घर भएका ३१ वर्षीय भरत बिकको मृत्यु भएको हो । सोही स्थानमा डेरगरी बस्ने बिकको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
लगातारको वर्षापछि घरको गारो भत्किएर भरतको मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङको टोली घटनास्थल पुगेको थियो । घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू