भ्यानको ठक्करबाट बालकको निधन, आमा सिकिस्त

भ्यानको ठक्करबाट बालकको निधन, आमा सिकिस्त

काठमाडौंको बल्खुमा भ्यानले ठक्कर दिँदा एक बालकको घटनास्थलमै ज्यान गएको छ । बा. १३ च ६४१९ नम्बरको भ्यानले आज दिउँसो पैदल हिँडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका पाँच वर्षीय छोरा आयुष हुन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ । सवारी साधनसहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू