करेन्ट लागेर एकै दिन ३ जना बिते
करेन्ट लागेर एकै दिन तीन जनाको ज्यान गएको छ । आज मुलुकका विभिन्न भागमा करेन्ट लागेर उनीहरुको निधन भएको हो । दाङको तुलसीपुर उपमहानगरपालिका ६ मदनआश्रित चोकस्थित निर्माणाधीन घरमा कार्यरत ४५ वर्षीय लालबहादुर नेपालीको करेन्ट लागेर मृत्यु भएको छ ।
घर निर्माणमा लागि फलामको रड काट्ने क्रममा उनलाई करेन्ट लागेको थियो । गुल्मी मुसिकोट नगरपालिका १ सिंग्ले सलुनीटोल बस्ने ५९ वर्षीय गोपाल सार्कीको पनि करेन्ट लागेर मृत्यु भएको छ ।
घर नजिकैको मकै बारीमा बाँदर धपाउन जाने क्रममा भुईंमा लत्रिएको बिजुलीको तारमा छुँदा सार्कीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।
यसैगरी, बाराको परवानीपुर गाउँपालिका ५ बहुअरी बस्ने उपेन्द्रप्रसाद पटेलका ११ वर्षीय छोरा प्रिन्सको पनि करेन्ट लागेर मृत्यु भएको छ । उनलाई आफ्नै घरमा पानी तान्ने पम्प चलाउने क्रममा करेन्ट लागेको हो ।
करेन्ट लाग्दा घाइते भएका उनको नारायणी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा निधन भएको हो ।
टिप्पणीहरू