खेतमा चट्याङ लागेर ढलेका युवकको अस्पतालमा मृत्यु

खेतमा चट्याङ लागेर ढलेका युवकको अस्पतालमा मृत्यु

चट्याङ लागेर उदयपुरमा एक जनाको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका–५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर हिजो साँझ मृत्यु भएको हो ।

चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लागि सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

खेतमा काम गरी रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका थिए ।

टिप्पणीहरू