अरिंगालले टोकेर कालिमाटीमा बालकको निधन
अरिंगालले टोकेर एक बालकको मृत्यु भएको छ । सल्यानको कालिमाटी गाउँपालिका–४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिंगालले टोकेको थियो । रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बालक रानालाई धेरै वटा अरिंगालले एकै पटक टोकेको बताइन्छ ।
टिप्पणीहरू