बाख्रा बचाउन खोज्दा जो आफैँ बिते
काभ्रेपलाञ्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चौरीदेउराली गाउँपालिका-१ का धनबहादुर तामाङको आज करेन्ट लागेर ज्यान गएको हो ।
बाख्रा बचाउन जाँदा उनलाई पनि करेन्टले समातेको बताइन्छ । पानी परिरहेको बेला बिजुलीको पोलमा करेन्ट सर्ट भई पहिले बाख्रालाई करेन्ट लागेको स्थानीय शिक्षक प्रवीण तामाङले बताए । बाख्रालाई करेन्ट लागेपछि उनी बचाउन दौडिएका थिए ।
बाख्रा जोगाउन खोज्दा उनलाई पनि करेन्ट लागेको र घटनास्थलमै ज्यान गएको शिक्षक तामाङको भनाइ छ । उनीसँगै एउटा बाख्रा मरेकाे र अरू तीनवटा बाख्रालाइ पनि करेन्ट लागेकाे बताइएकाे छ ।
टिप्पणीहरू