प्रेमगीत–३ को हिन्दी संस्करण नेपालमा प्रदर्शन नहुने

प्रेमगीत–३ को हिन्दी संस्करण नेपालमा प्रदर्शन नहुने

भोलिदेखी प्रदर्शन हुने भनिएको प्रेमगीत–३ को हिन्दी संस्करण नेपालमा रिलिज नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको भनिएको फिल्मको हिन्दी भर्सन नेपालमा भने आगामी सोमबारबाट मात्र रिलिज हुने बताइएको छ ।

प्राविधिक कारण देखाउँदै प्रेमगीत–३ हिन्दी भर्सन एक÷दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । उनले भोलिदेखि प्रेमगीत–३ हिन्दी भर्सन रिलिज नहुनुको थप कारण पछि जानकारी गराउने बताए ।

घटस्थापनाका दिनदेखि हिन्दी भर्सन नेपालमा प्रदर्शन हुने जानकारी दिइएको छ । फिल्मको नेपाली संस्करण भोलि नै रिलिज हुँदैछ ।

भारतमा प्रेमगीत–३ हिन्दी भर्सन भोलि रिलिन हुँदैछ । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको बताइन्छ । त्यस्तै, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको पनि अभिनय छ ।

टिप्पणीहरू