शुक्लागण्डकीमा गाँजाको पोको, कोहलपुरमा ब्राउनसुगर
अवैध लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा दुई युवक समातिएका छन् । गाँजा र ब्राउनसुगर ओसारपसारमा संलग्न उनीहरुलाई तनहुँ र बाँकेबाट हिजो प्रहरीले नियन्त्रणमा लिएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेबाट करिब २ किलो गाँजासहित पोखरा महानगरपालिका-१० नयाँबजार बस्ने २४ वर्षीय विवेक तामाङ पक्राउ परेका हुन् । दुलेगौडाबाट पोखरातर्फ जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजा भेटिएको प्रहरीले बताएको छ ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका-१० रामनगरबाट २ सय ३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २१ वर्षीय क्षितिज मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर फेला परेको हो ।
टिप्पणीहरू