नेपालको आमनिर्वाचन र दोहा विश्वकपवीच अनौठो संयोग

नेपालको आमनिर्वाचन र दोहा विश्वकपवीच अनौठो संयोग

नेपालमा आइतबार बेलुकी मतदान सकियो । सोही दिन राति कतारको राजधानी दोहामा विश्वकप शुरु भयो । विश्वका ३२ वटा राष्ट्रले भाग लिएको उक्त फुटबल महाकुम्भमा दावेदार मुलुकहरुलाई कमजोर भनिएका मुलुकले नराम्रोसँग धक्का दिएका छन् ।

उपाधि दावेदार अर्जेन्टिना र जर्मनीलाई क्रमशः साउदी अरब र जापानले गतिलो धक्का दिएका छन् । चार पटकको विश्वकप विजेता जर्मनीलाई आज जापानले २–१ गोलले हराएको छ ।

जर्मनी सन् १९५४, १९७४,१९९० र २०१४ को विश्वकप विजेता टोली हो । हिजो दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई यसैगरी साउदी अरबले स्तब्ध पारेर हराएको थियो ।

यता सोही दिन भएको आमनिर्वाचनमा पुराना र सशक्त भनिएका राजनीतिक दलका उम्मेदवारलाई नयाँ खुलेका पार्टी र स्वतन्त्र उम्मेदवारले सजिलैसँग हराइदिएका छन् । यो क्रम आज पनि जारी छ ।

टिप्पणीहरू