काँग्रेससँग कुनै सहमति नभएको प्रधानमन्त्रीको प्रष्टोक्ति

काँग्रेससँग कुनै सहमति नभएको प्रधानमन्त्रीको प्रष्टोक्ति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा कुनै सहमति नभएको बताउनुभएको छ । 

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले कांग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको प्रष्ट्याउनु भएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुग्नुभएको थियो । यसपछि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।जसकारण प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीच शक्ति बाँडफाँटका विषयमा सहमति भएको हुनसक्ने कतिपयले आशंका गरेका छन् । 

पुस १० गते संविधानको धारा ७६ (२) बमोजिम १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन पाउनुभएको छ । आज २७० जना सांसद मतदानमा उपस्थिति रहेकोमा प्रधानमन्त्रीले २६८ मत पाउनुभयो ।
 

टिप्पणीहरू