७ लाख रकमसहित रवि माछापुच्छ्रे बैंक अगाडि पक्राउ

७ लाख रकमसहित रवि माछापुच्छ्रे बैंक अगाडि पक्राउ

मोरङमा स्रोत नखुलेको ७ लाख ९ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साह समातिएका हुन् ।

सोही महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैंकअगाडि प्रहरीले उनको साथबाट स्रोत नखुलेको ७ लाख ९ हजार रुपैँया, बिभिन्न बैंकको १४ ओटा एटिएम कार्ड तथा ९ ओटा चेकबुक र को.२४ प.७९८४ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएमसहित उनलाई फेला पारेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू