ढाका म्याराथनमा नेपालकी पुष्पालाई स्वर्ण

ढाका म्याराथनमा नेपालकी पुष्पालाई स्वर्ण

बंगलादेशको ढाकामा आज भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ नेपालकी पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छन् । उनी ४२.१९५ किलोमिटर दूरी २ घण्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरेर प्रथम भएकी हुन् । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुक तेस्रो भएको बताइएको छ ।

पुष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन् । सन् २०२२ को सोही म्याराथनमा काँस्य पदक जितेकी उनले १३औँ दक्षिण एशियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

टिप्पणीहरू