राष्ट्रिय कर्मचारी संगठनको पाँचथरमा नयाँ अध्यक्ष
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को पाँचथर जिल्ला समिति गठन गरिएको छ । जिल्ला अधिवेशनबाट राजकुमार सिन्चिउरीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको बताइएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्षमा नवीन अधिकारी, सचिवमा प्रदीप तामाङ, सहसचिवमा रुपेश देव, कोषाध्यक्षमा सुष्मा थेवे चयन भएका छन् । निर्वाचित सदस्यहरुमा महेन्द्र बास्कोटा, शिवनारायण मण्डल, वीरेन्द्र बानिया, चन्द्रबहादुर बमै, हर्क जबेगु, कपिलदेव मण्डल र मणिचन्द्र राई हुन् ।
अधिवेशनबाट प्रदेश प्रतिनिधिमा हरिनारायण मण्डल, श्रीकुमार फुयाँल, महेन्द्र बास्कोटा र डा. नगेन्द्रप्रसाद दाहाल छनौट भएका छन् । केन्द्रीय प्रतिनिधितर्फ सुरेन्द्र मुखिया र प्रदीप तामाङ चयन भएको जानकारी दिइएको छ ।
टिप्पणीहरू