अमेरिकी राजदूत ऊर्जा मन्त्रालयमा, स्वीस परराष्ट्रमा
परराष्ट्रमन्त्री डा. विमला राई पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतबीच आज भेटवार्ता भएको छ । राजदूत एलिजावेथ भोन क्यापेलर ओसवाल्ड आज बिहान सवा ११ बजे मन्त्रालय पुग्नुभएको थियो ।
मन्त्री पौडेल र राजदूत भोनबीच झण्डै एक घण्टा कुराकानी भएको बताइएको छ ।
उता उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री राजेन्द्र लिङ्देनसँग अमेरिकी राजदूतले पनि भेटवार्ता गर्नुभएको छ । राजदूत डिन आर थम्पसन उपप्रधानमन्त्रीलाई भेट्न मन्त्रालय पुग्नुभएको हो ।
दुबै भेटवार्तामा आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको बताइएको छ ।
टिप्पणीहरू