पूर्व युवराज्ञी काठमाडौंतिर,पूर्वप्रथम महिला सिंगापुरतिर
पूर्व युवराज्ञी हिमानी शाह आज भद्रपुरबाट काठमाडौं आउनुभएको छ । उहाँ बुद्ध एअरको उडान नम्बर बीएचए ९५६ मा राजधानी फिर्ता हुनु भएको हो । दिउँसो सवा ४ बजे काठमाण्डौ ओर्लेर उहाँ निर्मल निवास पुग्दा पौने ५ बजेको थियो । पूर्व राजा ज्ञानेन्द्रको परिवार जाडो कटाउन प्राय: आफ्नो बन्दोबस्त रहेको झापा (दमकस्थित हिमालयन टी इस्टेट),सिमरा,चितवन जाने गर्दछ ।
आजै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी सिंगापुर जानुभएको छ । उहाँ सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४३९ बाट अपरान्ह पौने ५ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
"पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेर्नुभएको छ । क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले शनिबार साँझ फिल्म हेरेको हलका म्यानेजर सुरेन्द्र महर्जनले बताए ।"
उहाँसँगै छोरा जयवीर सिंह देउवा पनि सिंगापुर गएको बुझिएको छ । त्यहाँबाट जापान,बेलायत कता सोझिने हो टुंगो छैन ।
यसैबीच पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेर्नुभएको छ । क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले शनिबार साँझ फिल्म हेरेको हलका म्यानेजर सुरेन्द्र महर्जनले बताए ।
टिप्पणीहरू