झोलुङ्गे पुल चाहिए मन्त्रालयसँग माग्नु
शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभागले आगामी एक महिनाभित्र झोलुङ्गे पुल मागको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र गर्दै विभागले आवश्यकताअनुसार झोलुङ्गे पुलको विवरण उपलब्ध गराइदिन भनेको छ ।
आगामी तीन वर्षभित्र आवश्यक सबै झोलुङ्गे पुलको निर्माण सम्पन्न गरी आधारभूत पहुँचमा सुनिश्चितता गर्ने उद्देश्य लिइएको उल्लेख गर्दै विभागले स्थानीय तहहरुलाई आवश्यकताअनुसारको झोलुङ्गेपुलको विवरण उपलब्ध गराउन लिखित पत्र पठाएको हो ।
पत्रमा लेखिएको छ, ‘आगामी तीन वर्षभित्र आवश्यक सबै झोलुङ्गेपुल निर्माण सम्पन्न गरी आधारभूत पहुँचमा सुनिश्चितता गर्न तीनै तहको सरकारको समन्वय तथा सहकार्यमा बजेट व्यवस्थापन र निर्माण कार्य अगाडि बढाउनको निम्ति यसै पत्रसाथ संलग्न ढाँचामा एक महिनाभित्र त्यहाँ स्थानीय तहहरुमा चाहिने झोलुङ्गे पुलको विवरण उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’
टिप्पणीहरू