युएन ह्याबिट्याटका प्रतिनिधि काठमाडौंमा

युएन ह्याबिट्याटका प्रतिनिधि काठमाडौंमा

संयुक्त राष्ट्र संघको मानवबस्ती कार्यक्रम (युएन ह्याबिट्याट) का प्रतिनिधि काठमाडौं आइपुगेका छन् । जापानी नागरिक योशिनोबु फुकासावा आज दक्षिण कोरियाको राजधानी सिओलबाट कोरियन एअरको उडानमा आएका हुन् । 

उनी कोरियन एअरको उडान नम्बर केई ६९५ बाट साँझ साढे ५ बजे काठमाडौं आइपुगेको बताइएको छ ।

युएन ह्याबिट्याट मानवबस्ती र दीगो शहरी विकासको निम्ति राष्ट्र संघको कार्यक्रम हो । यो सन् १९७६ मा क्यानाडाको भान्कुबरमा आयोजित मानवबस्ती र दीगो शहरी विकास सम्बन्धी राष्ट्र संघीय सम्मेलनापछि सन् १९७७ मा स्थापना भएको हो ।

टिप्पणीहरू