पूर्वप्रधानसेनापति रुक्मांगद कटवालको अवस्था चिन्ताजनक
पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको अवस्था जटिल भएपछि आइसियुमा लगिएको छ ।
मृगौला रोगबाट पीडित कटवालको आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा डाइलसिस गर्ने क्रममा मुखबाट रगत आएपछि अवस्था जटिल बनेको हो । अस्पताल स्रोतका अनुसार अहिले आइसीयुमा राखेर उपचार भैरहेको छ।
७५ वर्षीय कटुवाल लामो समयदेखि मृगौलाको समस्याबाट ग्रस्त हुनुहुन्छ ।
टिप्पणीहरू