सोल्टीपछि अर्को तारे होटलले पनि सर्वोच्चको आदेश अवज्ञा गर्ने

सोल्टीपछि अर्को तारे होटलले पनि सर्वोच्चको आदेश अवज्ञा गर्ने

सर्वोच्च अदालतले होटल तथा रेष्टुरेन्टमा सेवा शुल्कको नाममा हुँदै आएको असुलीलाई रोक्न आदेश दिए पनि ठूला होटलहरुबाट त्यसको उल्लंघनको चेतावनी आएको छ । मुलुकको पुरानो पाँच तारे होटल सोल्टीले सेवा शुल्क लिन नछाड्ने धम्की दिएको भोलिपल्ट आज होटल हिमालयले पनि त्यस्तै सन्देश दिएको छ ।

आज दिउँसो कुपण्डोलस्थित होटल हिमालयमा सक्रिय तीन वटै युनियनको संयुक्त बैठकले उक्त निर्णय गरेको बताइएको छ । अखिल नेपाल होटल महासंघ होटल हिमालयका अध्यक्ष ऋषिराम भण्डारी, नेपाल पर्यटन होटल महासंघ होटल हिमालयका अध्यक्ष वीरबहादुर महरा, अखिल नेपाल स्वतन्त्र होटल युनियन होटल हिमालयका अध्यक्ष शिवशंकर नापितलगायत झण्डै पौने एक सय जना कर्मचारीको उपस्थितिले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने निर्णय गरेको हो । 

अदालतले गरेको होटलहरुमा सेवा शुल्क लिन नपाइने आदेशविरुद्ध  उनीहरुले हातमा कालोपट्टी बाँधेर र कालो झण्डा बोकेर नारा लगाएका हुन् । प्रदर्शनकारीहरुले हातमा नो सर्भिस चार्ज, नो सर्भिस, हामी न्याय चाहन्छौं, सेवा शुल्क पुनर्बहाली गरलगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

उनीहरुले यसबीचमा उक्त आदेश फिर्ता नभएमा माघ २७ गतेदेखि होटल बुकिङ नगर्ने, फागुन ७ गतेदेखि आमसभा र सबै चार तथा पाँच तारे होटल बन्द गर्ने चेतावनी दिएका छन् ।

टिप्पणीहरू