सशस्त्रमा डिआइजीको ४ पद खाली,९ जनाको ताँती

सशस्त्रमा डिआइजीको ४ पद खाली,९ जनाको ताँती

सशस्त्र प्रहरी बलमा रिक्त चार जना डिआइजी बढुवाको सूचना प्रकाशित भएको छ । गृह मन्त्रालयको बढुवा समितिले हिजो सूचना प्रकाशित गर्दै सूचनाबमोजिम सात दिनभित्र मूल्याङ्कन फाराम भरेर बुझाउन भनेको छ ।

बढुवा समितिका सदस्य सचिव एआइजी नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा हिजोको निर्णयानुसार बढुवाको निम्ति सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी फाराम पेश गर्न भनिएको छ ।

उक्त पदमा बढुवाको निम्ति सशस्त्र प्रहरी बलमा क्रमशः कृष्ण पाठक, दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा वरिष्ठताको आधारमा उम्मेदवार छन्  । पाठक दुई वर्षअघिदेखि डिआईजी हुन बाँकी एक्ला वरिष्ठ एसएसपी हुन् ।

त्यसपछि गत साउनमा बढुवा भएको अर्को समूहका १४ जनामध्ये २ नम्बरमा रहेका दिपेन्द्र कुँवर (ख) ले पनि आफू बढुवाको निम्ति योग्य भएको बताउँदै आएको स्रोतको दाबी छ । उक्त समूह चालु आर्थिक वर्षको पहिलो महिनामा बढुवा भएको थियो ।

टिप्पणीहरू