रोल्पा र प्युठानका शिक्षक उम्मेदवारहरुको नतिजा दुरुस्त रहेको दाबी

रोल्पा र प्युठानका शिक्षक उम्मेदवारहरुको नतिजा दुरुस्त रहेको दाबी

शिक्षक सेवा आयोगले रोल्पा र प्युठानका उम्मेदवारहरुको नतिजामा कुनै परिवर्तन नभएको जानकारी गराएको छ । 

पुनर्योगका लागि परेका निवेदनमध्ये रोल्पा र प्युठानका उम्मेदवारहरुको उत्तरपुस्तिका गत माघ १८ गतेको निर्णयानुसार यथावत रहेको आयोगले जनाएको हो । 

गत पुस २७ गतेदेखि माघ १३ गतेसम्म प्रकाशित प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षाको नतिजा चित्त नबुझी पुनर्योगका लागि निवेदन गरेका रोल्पा र प्युठानका उम्मेदवारहरुको उत्तरपुस्तिका साविक नै रहेको आयोगद्वारा जारी सूचनामा उल्लेख छ । 

त्यस्तै, आयोगको वेबसाइटमा प्रकाशित उक्त सूचनामा छुटेका जिल्लाको नतिजासमेत यथावत रहेको जानकारी दिइएको छ । 

सूचनामा भनिएको छ, ‘रोल्पा र प्युठानका उम्मेदवारहरुको उत्तरपुस्तिका पुनर्योग गर्दा साविकको नतिजामा कुनै फेरबदल नभई यथावत रहने आयोगबाट मिति २०७९–१०–१८ मा निर्णय भएको तर सोही मितिमा आयोगको वेबसाइटमा प्रकाशित यससम्बन्धी सूचनामा उक्त जिल्लाहरुको नाम छुट हुन गएको हुँदा ती जिल्लाहरुको नतिजामा कुनै फेरबदल नभई यथावत रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।’

 

टिप्पणीहरू