दुर्घटनाग्रस्त यति एअरलाइन्सको ब्ल्याक बक्सवाला टोली राति बिदेशबाट फिर्ता

दुर्घटनाग्रस्त यति एअरलाइन्सको ब्ल्याक बक्सवाला टोली राति बिदेशबाट फिर्ता

पोखरामा माघ १ गते भएको यति एअरको विमान दुर्घटनाको ब्ल्याक बक्स र ककपिट भ्वाइस डाटा रेकर्डर बोकेर सिंगापुर गएको टोली स्वदेश फर्केको छ । झण्डै एक साताको सिंगापुर बसाईपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र छानबिन टोलीका प्रतिनिधिहरु फर्केका हुन् ।

हिजो राति सिंगापुरबाट सोझै आएको टोलीले सिंगापुरबाट उक्त विमानको ब्ल्याक बक्स र ककपिट भ्वाईस रेकर्डरको सम्पूर्ण विवरण ल्याएको स्रोतको दाबी छ । यात्रु ६८ जना र चालक दलका चार जनाको ज्यान गएको उक्त विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगमा पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा नेपाली सेनाका पूर्व जर्नेल दिपक बास्तोला, पूर्व क्याप्टेन सुनिल थापा,विमान उड्डयन विज्ञ एकराजजंग थापा सदस्य छन् । पर्यटन मन्त्रालयका सहसचिव बुध्दिसागर लामिछाने सदस्य सचिव तोकिएका छन् ।
 

टिप्पणीहरू