सुर्खेतमा राति ११ बजेसम्म ‘नाइटलाइफ’

सुर्खेतमा राति ११ बजेसम्म ‘नाइटलाइफ’

सुर्खेतका होटेल, रेष्टुरेण्ट र बारहरु राति ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, सुर्खेतले राति ११ बजेसम्म ती व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।

गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्रसाथ संलग्न ‘पूर्ण व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधि, २०७९’ बमोजिम निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खर्गेन्द्रबहादुर मल्लले बताए । 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्यस्ता व्यवसाय राति ११ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको उल्लेख छ । सूचनामा क्लब, डिस्को, डान्स, दोहोरी, रेष्टुरेण्ट, लाउन्ज तथा बारहरु खुल्ला हुने उल्लेख छ । 

‘मदिरा बिक्री वितरण गर्ने पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र), होटल, रेष्टुरेण्ट, कफीसप, खाजा तथा खाना खुवाउने पसललगायत यस्तो प्रकृतिको सेवाजन्य व्यवसायहरु राति ११ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको व्यहोरा व्यवसायी सबैका लागि सूचनामार्फत जानकारी गराइन्छ,’ प्रशासनले जारी गरेको सूचनमा उल्लेख छ ।

व्यवसाय सञ्चालन अनुमतिको निम्ति आफ्ना व्यवसाय सूचीकृत गर्न प्रशासनले आगामी फागुन १ गतेसम्मको म्याद दिएको छ ।
 

टिप्पणीहरू