चुडामणिको मुध्दामा साक्षी झिकाउन विशेषको आदेश

चुडामणिको मुध्दामा साक्षी झिकाउन विशेषको आदेश

विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूध्दको मुध्दामा साक्षी झिकाउन आदेश दिएको छ ।

मुद्दाको प्रक्रिया शुरु भएको करिब ५ वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल,यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो । अदालतको आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरु विशेष अदालतमा हाजिर हुनुपर्नेछ । त्यसपछि अदालतले उनीहरूको बकपत्र लिनेछ । बकपत्रपछि पुन: पेशी तोकिने बताइएको छ ।

कर फर्छ्यौट आयोगका पदाधिकारी शर्मासहित अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरूध्द करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

टिप्पणीहरू