विशेष परीक्षाका लागि काउन्सिलको आवेदन
नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाका लागि अनलाइन आवेदन फाराम खुला गरेको छ ।
आगामी चैत्र १७ र १८ गते सञ्चालन हुने परीक्षाका लागि काउन्सिलले एक महिनाको म्याद राखेर आवेदन आह्वान गरेको हो । काउन्सिलद्वारा आज प्रकाशित सूचनामा माघ २९ गतेदेखि फागुन २९ गतेसम्म आवेदन फाराम बुझाउन सक्ने जनाएको छ ।
साथै, उक्त समयावधिभित्र फाराम नबुझाउने विद्यार्थीले फागुन ३० र चैत १ गते विलम्ब शुल्कसहित फाराम भर्न सक्नेछन् । परीक्षाको फाराम भर्ने र बुझाउने व्यवस्था चोबिसै घण्टा खुल्ला रहने काउन्सिलले जानकारी गराएको छ ।
काउन्सिलका अनुसार विशेष परीक्षा इन्जिनियरिङ्ग अध्ययन संस्थान ललितपुरको पुल्चोकमा कम्युटर प्रविधिबाट हुनेछ ।
टिप्पणीहरू