चाबहिलमा टायर बालेर नाराबाजी
काठमाडौंको चाबहिल चोकमा टायर बालेर नाराबाजी गरिएको छ । मङ्गोल नेसनल अर्गनाइजेसनको आयोजनामा उक्त नाराबाजी भएको बताइएको छ ।
लुम्बिनी परिसरभित्र नवनिर्मित अन्तर्राष्ट्रिय ध्यानकेन्द्रमा हिन्दूधर्म प्रचार गर्ने उद्देश्यले माघ २१ देखि २९ गतेसम्म भारतीय गुरु मोरारी बापुको प्रवचन राखिएको भन्दै डा. गोपाल गुरुङ्गको नेतृत्वको अर्गनाइजेसनले नाराबाजी गरेको हो ।
बापुको ‘श्रीराम कथा प्रवचन’ ले हिन्दू धर्म प्रचार गरेको भन्दै डा. गोपाल गुरुङ नेतृत्वको मंगोल नेसनल अर्गनाइजेसनका संघीय सदस्य आर एन राईको नेतृत्वमा झण्डै एक दर्जनले साँझ साढे ७ बजे टायर बालेर बिरोध गरेका हुन् ।
टिप्पणीहरू