भारतले २ सय डायलासिस मेसिन दिने, आज २० वटा हस्तान्तरण गर्दै
भारत सरकारले नेपाललाई दुई सय वटा मिर्गौला डायलासिस मेसिन सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । त्यसमध्ये आज २० वटा मेसिन हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती मेसिन हस्तान्तरण गर्ने कार्यक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मेसिन हस्तान्तरणको कार्यक्रम बिहान साढे ११ बजे राखिएको छ ।
समारोहमा नेपाल सरकारलाई दुई सय वटा मिर्गौला डायलासिस मेसिनको पहिलो किस्तावापत हस्तान्तरण हुने मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू