चीनमा होलीकाे धुमधाम हिजै (फोटो फिचर)

चीनमा  होलीकाे धुमधाम हिजै (फोटो फिचर) फाेटाे : सिन्ह्वा

नेपाल र भारतमा निकै प्रख्यात होली चीनमा पनि मनाउन थालिएको छ । विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली, भारतीय र हिन्दु धर्मावलम्बीहरुले चीनमा हिजै फागुपूर्णिमा (होली) मनाएका छन् ।

चीनको मकाओमा रहेको बाम्बो बे बिचमा उनीहरुले विभिन्न रंग दलेर धुमधामसँग होली मनाएका हुन् । नेपालमा आज र भारतमा होली पर्व भए पनि उनीहरुले बिदाको दिन पारेर हिजै कार्यक्रम आयोजना गरेको बताइन्छ ।

मकाओमा इण्डियन कल्चर एसोसिएसनको संयोजनमा उक्त कार्यक्रमको आयोजना गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । हिन्दुहरुले होली पर्वलाई माया, प्रेम र आपसी सद्भावको विशेष अवसरको रुपमा लिने गरेका छन् ।

 


 

टिप्पणीहरू