नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता शुरु

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको आठौं संस्करण आजदेखि शुरु भएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आज आयोजना गरेको ‘नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता–२०२३’ को उद्घाटन समारोहपछि खेल शुरु भएको हो । 

समारोहलाई सम्बोधन गर्दै नेपालका पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले सम्बोधन गर्दै प्रतियोगिताले दुई मुलुकका युवालाई एकजुट हुन सघाउने बताएका छन् । 

हरेक वर्ष आयोजना गरिँदै आएको प्रतियोगिताको प्रशंसा गर्दै उनले यस अवसरका लागि दूतावासलाई धन्यवाद दिएका छन् । खेलकुद गतिविधिलाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले द्विपक्षीय सम्बन्ध विस्तार गर्न मद्दत पुर्याउने उनको भनाइ छ । 

त्यस्तै, नेपाल किक्रेट संघ (क्यान) का पूर्वअध्यक्ष बिनाराज पाण्डेले युवा नेपाली क्रिकेटरलाई क्षमता अभिवृद्धि गर्न पाकिस्तानी दूतावासले गरेको प्रयासको प्रशंसा गरेका छन् । 

प्रतियोगितामा १२ क्रिकेट टोलीको सहभागिता छ । चैत ४ गते सम्पन्न हुने प्रतियोगिता ‘एक्सन स्पोर्टस’ च्यानलमा प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

टिप्पणीहरू